१५ माघ २०८२, बिहिबार | January 30, 2026

लमजुङमा डेंगुबाट संक्रमित बिरामीको संख्या १२६ पुग्यो



लमजुङ। लमजुङमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यो वर्षमा आइतबारसम्म डेंगु संक्रमितको संख्या १२६ पुगेको छ । चालु आर्थिक वर्षको महिला ७० र पुरुष ६६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्लाका ८ पालिका मध्ये बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रमित बेसीशहर नगरपालिका ३५ जना, मध्यनेपालमा ३१ रहेका छन भने त्यसपछि सुन्दरबजार नगरपालिकामा ३० जना संक्रिमित रहेका छन् । अन्य सबै पालिकामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगु रोकथाम तथा न्युनिकरणका लागि आफ्ना घर वरीपरी पानी जम्ने खाल्डा खुल्डी नराख्न र सरसफाई गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविणकुमार खनालले बताए । यसको जोखिम पानी पर्ने सिजन नसकिदा हुन सक्छ । सामान्यतया आउँदो कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले भनाई छ ।’

लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्नु पर्छ । एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्दछ ।

नेपालमा डेंगु सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ४० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला