२ माघ २०८२, शुक्रबार | January 16, 2026

नेपाली ल्याउन आज राति नेपाल एयरलाइन्सको विमान इजरायल जाने



काठमाडौं । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ ।

नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए। यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरुको निधन भएको थियो ।

यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ५५ बजे

सहकारी बेथिति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी छानबिन तथा

एमालेको राजधानी विशेष कमिटीको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संशोधित विधानअनुसार गठित

रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा खुले निर्वाचन कार्यालय

बुटवल । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन

निर्वाचन आयोग परिसरमा कांग्रेसका दुवै पक्षको प्रदर्शन

काठमाडौं । निर्वाचन आयोगको कार्यालय परिसरमा नेपाली कांग्रेसका दुवै पक्षले

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

पोखरा । कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते