२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

विपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छ : इजरायलस्थित नेपाली दुतावास

आइडिएफले सार्वजनिक गर्‍यो हमासले नेपाली र थाई बन्धकलाई अस्पताल लगेको भिडिओ



विपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छः इजरायलस्थित नेपाली दुतावास
हमासले नेपाली र थाई नागरिकलाई अल सिफा अस्पताल

काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।

इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अबस्था अझै अज्ञात रहेको जनाएको हो ।

हमास समूहले बन्धक बनाएर गाजाको अस्पतालतर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सले सामाजिक सञ्जाल एक्समार्फत दाबी गरेको छ ।

आइडिएफले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको दाबी गर्दै भिडिओ सार्वजनिक गरेको हो । सो भिडियोमा भिडिओमा हमासले २ जना घाइतेमध्ये एक जनालाई डोर्याउँदै र अर्कोलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएको दृश्य देखिन्छ ।

यद्यपी, नेपाली दूतावासले भने विपिनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको जनाएको छ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

तर, केही मिडियाले जोशी फेला परेको र उनलाइ रिहाइ गर्नका लागि पहल भइरहेको जनाइरहेको बेला इजरायलस्थित दुतावासले भने उनको स्थीति प्रस्ट पारेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : २८ बजे

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा