काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने भएका छन् ।
हमासको आक्रमणमा पछि स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन मन्त्री साउद आफै इजरायल जाने भएका हुन् ।
बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज अलपत्र नेपालीहरूको उद्धारका लागि जान लागेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीलाई इजरालयल पठाउने निर्णय गरेको हो । ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ’, बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने ।
बैठकले हाल इजरायलमा रहेका नेपाली नागरिक सो जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । इजरायलमा रहेका नेपालीमध्ये हालसम्म २८८ जनाले स्वदेश फर्किन आवेदन दिएका छन्।




















प्रतिक्रिया