६ पुस २०८२, आइतबार | December 22, 2025

हमासद्दारा एक आमा र दुई बालिका रिहा, इजरायलले भन्यो, ‘विश्वास छैन्



गाजा । हमासले इजरायली महिला र दुई बालबालिकालाई रिहा गरेको दाबी गरेको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार दाबी गरेको छ कि उसले इजरायली सेनासँगको लडाईमा हिरासतमा परेका एक इजरायली महिला र उनका दुई बच्चाहरूलाई रिहा गरेको छ । तर, इजरायली टेलिभिजन नेटवर्कहरूले उक्त घोषणालाई अस्वीकार गरेका छन् ।

सो बारेमा इजरायली सेनाले हमासको सो दावी माथी अनुसन्धान गरिरहेको बताएको छ । हमासको सशस्त्र शाखा एजेडिन अल-कासिम ब्रिगेडले एक विज्ञप्तिमा, ‘एक इजरायली निवासी र उनका दुई छोराछोरी, जसलाई झडपको क्रममा पक्राउ गरिएको थियो, रिहा गरिएको छ ।’

हमास टेलिभिजनको अल-अक्सा नेटवर्कद्वारा प्रसारित भिडियो फुटेजमा इजरायल र गाजा पट्टीको बीचमा रहेको काँडे तार क्षेत्रमा दुई बच्चाहरूसहित नीलो शर्ट लगाएकी एउटी महिलालाई देखाइएको छ, जो तीन हमास लडाकुहरूसँग हिडिँरहेका छन् । फुटेजले कुनै पनि सैन्य कर्मचारीले तीनैलाई प्राप्त गरेको देखाएको छैन र क्लिप दिनको उज्यालोमा खिचिएको जस्तो देखिन्छ ।’ सो फुटेजको प्रामाणिकता स्वतन्त्र रूपमा प्रमाणित गर्न अझै सकिएको छैन् ।

इजरायली टेलिभिजन च्यानलहरूले हमासको दावीलाई अस्वीकार गरे र भने कि घातक हमला पछि हमास लडाकुहरूले महिला र दुई बच्चाहरूलाई गाजा पट्टीमा कहिल्यै लगेनन् । च्यानलहरूले ती महिलालाई किबुट्ज होलिटकी निवासी अविटल अलादजेमको रूपमा पहिचान गरेका छन् । जसले यस हप्ता अन्तर्वार्ताको श्रृंखलामा आफू र उनका छिमेकीका दुई बच्चाहरूलाई हमासका लडाकुहरूले जबरजस्ती इजरायल र गाजा पट्टीको सीमा क्षेत्रमा लगेको बताएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : ४४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको