७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

हमासद्दारा एक आमा र दुई बालिका रिहा, इजरायलले भन्यो, ‘विश्वास छैन्



गाजा । हमासले इजरायली महिला र दुई बालबालिकालाई रिहा गरेको दाबी गरेको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार दाबी गरेको छ कि उसले इजरायली सेनासँगको लडाईमा हिरासतमा परेका एक इजरायली महिला र उनका दुई बच्चाहरूलाई रिहा गरेको छ । तर, इजरायली टेलिभिजन नेटवर्कहरूले उक्त घोषणालाई अस्वीकार गरेका छन् ।

सो बारेमा इजरायली सेनाले हमासको सो दावी माथी अनुसन्धान गरिरहेको बताएको छ । हमासको सशस्त्र शाखा एजेडिन अल-कासिम ब्रिगेडले एक विज्ञप्तिमा, ‘एक इजरायली निवासी र उनका दुई छोराछोरी, जसलाई झडपको क्रममा पक्राउ गरिएको थियो, रिहा गरिएको छ ।’

हमास टेलिभिजनको अल-अक्सा नेटवर्कद्वारा प्रसारित भिडियो फुटेजमा इजरायल र गाजा पट्टीको बीचमा रहेको काँडे तार क्षेत्रमा दुई बच्चाहरूसहित नीलो शर्ट लगाएकी एउटी महिलालाई देखाइएको छ, जो तीन हमास लडाकुहरूसँग हिडिँरहेका छन् । फुटेजले कुनै पनि सैन्य कर्मचारीले तीनैलाई प्राप्त गरेको देखाएको छैन र क्लिप दिनको उज्यालोमा खिचिएको जस्तो देखिन्छ ।’ सो फुटेजको प्रामाणिकता स्वतन्त्र रूपमा प्रमाणित गर्न अझै सकिएको छैन् ।

इजरायली टेलिभिजन च्यानलहरूले हमासको दावीलाई अस्वीकार गरे र भने कि घातक हमला पछि हमास लडाकुहरूले महिला र दुई बच्चाहरूलाई गाजा पट्टीमा कहिल्यै लगेनन् । च्यानलहरूले ती महिलालाई किबुट्ज होलिटकी निवासी अविटल अलादजेमको रूपमा पहिचान गरेका छन् । जसले यस हप्ता अन्तर्वार्ताको श्रृंखलामा आफू र उनका छिमेकीका दुई बच्चाहरूलाई हमासका लडाकुहरूले जबरजस्ती इजरायल र गाजा पट्टीको सीमा क्षेत्रमा लगेको बताएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : ४४ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली