१० चैत्र २०८२, मंगलबार | March 24, 2026

केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन र सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध



विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ ।

शुक्रबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीबाट दाबी फिर्ता लिन र उनलाई समर्थन गरेका अन्य सात सांसदलाई आफ्नो हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।

बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ । यस्तै पार्टी केन्द्रले थप केही निर्देशन दिए त्यसमा निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको छ ।

बैठकले पार्टीलाई एकतावद्ध बनाउन र अनुशासन पालना गर्न सबैलाई आग्रह गरेको छ ।

कांग्रेसले कोशीको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गरेसँगै शेखर कोइराला पक्षधर कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनको पक्षमा कांग्रेसका ८ जना सांसद रहेका छन् ।

संविधानको धारा १६८को उपधारा ५ अनुसार सरकार बनाउन सांसदहरु स्वतन्त्र रहेको र ह्वीप नलाग्ने भन्दै उनीहरुले एमालेको समर्थनमा सरकार बनाउन पार्टी केन्द्रको निर्देशन विपरित अघि बढेका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १ : ५५ बजे

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ