१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन र सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध



विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ ।

शुक्रबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीबाट दाबी फिर्ता लिन र उनलाई समर्थन गरेका अन्य सात सांसदलाई आफ्नो हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।

बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ । यस्तै पार्टी केन्द्रले थप केही निर्देशन दिए त्यसमा निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको छ ।

बैठकले पार्टीलाई एकतावद्ध बनाउन र अनुशासन पालना गर्न सबैलाई आग्रह गरेको छ ।

कांग्रेसले कोशीको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गरेसँगै शेखर कोइराला पक्षधर कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनको पक्षमा कांग्रेसका ८ जना सांसद रहेका छन् ।

संविधानको धारा १६८को उपधारा ५ अनुसार सरकार बनाउन सांसदहरु स्वतन्त्र रहेको र ह्वीप नलाग्ने भन्दै उनीहरुले एमालेको समर्थनमा सरकार बनाउन पार्टी केन्द्रको निर्देशन विपरित अघि बढेका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १ : ५५ बजे

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको