१९ माघ २०८२, सोमबार | February 2, 2026

कांग्रेस शेखर गुटको कोशीमा बिद्रोह, संसदमा प्रचण्डको बिकल्प खोज्न माग



काठमाडौं । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला कोईराला निकट एक सांसदले संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा अघि सारेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले प्रचण्ड नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाएका छन । उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जनाएका छन् ।

‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,ु प्रचण्ड सरकारको ध्यान केन्द्रित भएको छ, उनले भने,  ‘देशको आर्थिक स्थिर अवस्थामा छ,  यसलाई गतिशील बनाउनु पर्ने छ, उत्पादनमा जोड दिनु पर्ने हुन्छ, प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ तर यही गति र मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन,  यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नेतृत्वमो सरकार गठन गर्नु पर्ने माग पहिलो पटक उठेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ०८ बजे

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई

बुटवल-गोरुसिङ्गे सडक बिस्तारमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई बिष्णु पौडेलको चेतावनी

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

महेन्द्रनगर । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य