१५ पुस २०८२, मंगलबार | December 30, 2025

मनाङ एयरका पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगिने



काठमाडौं । आज भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ ।

सेढाईँको उपचार भइरहेको ह्याम्स अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो । अस्पतालका अनुसार आज राति विमानमार्फत थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

आज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो । उहाँको उपचार इमर्जेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डा सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

“उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : २७ बजे

नेपालगन्ज भन्सार : पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन, लक्ष्यमा कमजोर

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

बीचसडकमा ग्याँसबुलेट पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय

६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक