बुटवल । सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा बुटवलको देवीनगरमा आजदेखि संचालनमा आएको छ ।
यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेको सिद्धबाबा मिष्ठान्न भण्डारले दशैँको घटस्थापनाको दिन पारेर देवीनगरमा तेस्रो शाखा शुभारम्भ गरेको हो ।
शाखा शुभारम्भको पुर्वसन्धामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिष्ठान्न भण्डारका संचालक लक्ष्मण पोखरलले स्थानीय सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो तेस्रो शाखा खोलिएको बताए । शाखा संचालनका लागि ५० लाख लगानी गरेको उल्लेख गर्दै उनले अन्य तीनवटा स्थानमा खोलिएका मिष्ठान भण्डारमा ५ करोडको लगानी रहेको बताए । उनले तीनवटा शाखामा ५० जनाले रोजगारी पाएको बताए ।
बुटवलमा स्पेशल लड्डु र दुध मलाइका नामले परिचित सिद्धबाबाका तीनवटै शाखाबाट दैनिक ५० किलो मिठाइ र पाँच सय लिटर दुध खपत हुने गरेको अर्का संचालक पार्वती पोखरेलले बताइन । मिठाइ उत्पादनकालागि छुट्टै उद्योग समेत संचालनमा रहेको बताएका संचालक पोखरलेले चाडपर्वको समयमा ग्राहकका लागि विषेश छुट योजना समेत ल्याइने जानकारी दिइन ।
मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष समेत रहेको संचालक पोखरलेले रुपन्देहीमा दुई सयको हाराहारीमा मिष्ठान्न ब्यवसायी रहेको जानकारी दिए ।



















प्रतिक्रिया