१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सिद्धबाबा मिष्ठान्न भण्डार तेस्रो शाखा बुटवलको देवीनगरमा संचालन



बुटवल । सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा बुटवलको देवीनगरमा आजदेखि संचालनमा आएको छ ।

यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेको सिद्धबाबा मिष्ठान्न भण्डारले दशैँको घटस्थापनाको दिन पारेर देवीनगरमा तेस्रो शाखा शुभारम्भ गरेको हो ।

शाखा शुभारम्भको पुर्वसन्धामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिष्ठान्न भण्डारका संचालक लक्ष्मण पोखरलले स्थानीय सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो तेस्रो शाखा खोलिएको बताए । शाखा संचालनका लागि ५० लाख लगानी गरेको उल्लेख गर्दै उनले अन्य तीनवटा स्थानमा खोलिएका मिष्ठान भण्डारमा ५ करोडको लगानी रहेको बताए । उनले तीनवटा शाखामा ५० जनाले रोजगारी पाएको बताए ।

बुटवलमा स्पेशल लड्डु र दुध मलाइका नामले परिचित सिद्धबाबाका तीनवटै शाखाबाट दैनिक ५० किलो मिठाइ र पाँच सय लिटर दुध खपत हुने गरेको अर्का संचालक पार्वती पोखरेलले बताइन । मिठाइ उत्पादनकालागि छुट्टै उद्योग समेत संचालनमा रहेको बताएका संचालक पोखरलेले चाडपर्वको समयमा ग्राहकका लागि विषेश छुट योजना समेत ल्याइने जानकारी दिइन ।

मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष समेत रहेको संचालक पोखरलेले रुपन्देहीमा दुई सयको हाराहारीमा मिष्ठान्न ब्यवसायी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ०९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९