२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिदैं



काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने छन् ।

मुख्यमन्त्रीको शपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए । आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ । नेकपा एमालेबाट एकजना र कांग्रेसबाट एकजनालाई मन्त्री बनाउने तयारी छ ।

कार्की एमाले र काँग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेतृत्वको सरकार संविधानको धारा १६८ ९५० अनुसारको हो । कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुनेछ ।

सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको निर्णयको विरुद्धमा गई कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दा उनलाई एमालेले साथ दिएको थियो । यसबाट सत्ता गठबन्धनमा फुट निम्तने आकलन गरिए पनि शनिबार नै काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शशाङ्क कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गठबन्धन एक रहेको सन्देश दिएका थिए ।

लगत्तै चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनको पनि मुख्यमन्त्री रहेको बताएका थिए। केन्द्रीय नेताहरुले सहमति गरेपनि प्रदेशमा कार्कीसँग माओवादी रुष्ट छ । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्री बन्नबाट बञ्चित भएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ३८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका