६ पुस २०८२, आइतबार | December 21, 2025

गुल्मीको उपल्लो तम्घासमा कात्तिक १५ गतेदेखि महोत्सव हुँदै



गुल्मी । गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागतरूपमा प्रथम पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानाकारी दिए ।

कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने मेलाले कृषि, पर्यटनको क्षेत्रमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवमार्फत् स्थानीय उत्पादन पनि प्रवद्र्धन गरिने भुसालले बताए । गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्तगरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनको भनाइ छ । भुसालले भने, ‘बिदामा घर आएको बेलामा गुल्मीके हो भनेर पढ्न सकून् भन्ने उद्देश्य छ । सिजनका उत्पादन र मेला पर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो ।’

महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि छ । लाखौंको आस्थासँग जोडिएको यसमन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुंगा’ अभियानलाई सहयोग पु¥याउनेउद्देश्य राखिएको बरिष्ठ उपाध्यक्ष जनक पन्थले जानकारी दिए । पन्थ अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशतछुट दिइनेछ । स्थानीय तहलाई एक÷एकवटा स्टल दिइनेछ ।

एक लाख अवलोकनकर्तासहित ६० करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ५६ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन