१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गुल्मीको उपल्लो तम्घासमा कात्तिक १५ गतेदेखि महोत्सव हुँदै



गुल्मी । गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागतरूपमा प्रथम पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानाकारी दिए ।

कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने मेलाले कृषि, पर्यटनको क्षेत्रमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवमार्फत् स्थानीय उत्पादन पनि प्रवद्र्धन गरिने भुसालले बताए । गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्तगरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनको भनाइ छ । भुसालले भने, ‘बिदामा घर आएको बेलामा गुल्मीके हो भनेर पढ्न सकून् भन्ने उद्देश्य छ । सिजनका उत्पादन र मेला पर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो ।’

महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि छ । लाखौंको आस्थासँग जोडिएको यसमन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुंगा’ अभियानलाई सहयोग पु¥याउनेउद्देश्य राखिएको बरिष्ठ उपाध्यक्ष जनक पन्थले जानकारी दिए । पन्थ अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशतछुट दिइनेछ । स्थानीय तहलाई एक÷एकवटा स्टल दिइनेछ ।

एक लाख अवलोकनकर्तासहित ६० करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ५६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९