काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छातीमा समस्या देखिएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्ड थापाथलीको नर्भिक अस्पतालमा स्वास्थ्य जाँचका लागि भर्ना भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
छातीमा असहज भएपछि चेकजाँचका लागि अस्पताल गएका सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए । प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको बताइएको छ।

















प्रतिक्रिया