२४ भदौ २०८३, बुधबार | September 9, 2026

त्रिकोणात्मक टी-२० सिरिज : हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।

करण केसीको ४ विकेटमा हङकङलाई ९४ रनमै अलआउट गरेको नेपालले १३ दशमलव ५ ओभरमै ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले पहिलो खेलमा उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान रोहितले पहिलो खेलमा अविजित ५१ र दोस्रो खेलमा अविजित २५ रन बनाएका थिए ।

ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् । आसिफले दोस्रो खेलमा ४२ रन बनाएका थिए । वान डाउनमा खेलेका कुशल मल्लले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

बलिङमा नेपालको फास्ट बलिङ अट्याक जमिरहेको छ । करण र सोमपालले नयाँ बल फाल्छन् भने अविनाश बोहरा डेथ ओभर बलिङ गर्छन् । यस्तै अलराउण्डर गुल्सन झाले बलिङ र ब्याटिङ दुवैमा प्रभाव पार्न सक्छन् । उनले पहिलो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ५ बलमै अविजित १४ रन बनाएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ०९ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको