१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

नेपालद्वारा हङकङलाई २१४ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी-२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको विजयी लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए। हङकङविरुद्ध कमजोर सुरुवात गरेको नेपालको पारी कुशल र दीपेन्द्रले उकासेका थिए ।

४१ बलको सामना गरेका कुशलले ९ छक्का र ३ चौका प्रहार गरेका थिए । ३४ बलको सामना गरेका दीपेन्द्रले २ छक्का र ६ चौका प्रहार गरेका थिए ।

नेपालका लागि आसिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

नेपालविरुद्ध हङकङका हारून अर्शद र मोहम्मद गजानफरले समान २–२ विकेट लिए । यस्तै, आयुश शुक्ला र एजाज खानले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  २ : ०५ बजे

कञ्चनपुर-कमला सडक विस्तार : लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको

९ वर्षीय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको