२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेपालद्वारा हङकङलाई २१४ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी-२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको विजयी लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए। हङकङविरुद्ध कमजोर सुरुवात गरेको नेपालको पारी कुशल र दीपेन्द्रले उकासेका थिए ।

४१ बलको सामना गरेका कुशलले ९ छक्का र ३ चौका प्रहार गरेका थिए । ३४ बलको सामना गरेका दीपेन्द्रले २ छक्का र ६ चौका प्रहार गरेका थिए ।

नेपालका लागि आसिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

नेपालविरुद्ध हङकङका हारून अर्शद र मोहम्मद गजानफरले समान २–२ विकेट लिए । यस्तै, आयुश शुक्ला र एजाज खानले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  २ : ०५ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको