६ पुस २०८२, आइतबार | December 22, 2025

इजरायली आक्रमणमा मारिने प्यालेस्टाइनीको संख्या ७ हजार नाघ्यो, ३ हजार बालबालिका मात्रै



गाजा । गाजापट्टीमा भैरहेको इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल संख्या सात हजार नाघेको छ ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,०२८ रहेको छ ।

अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ ।

एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्।

उता, अल जजिराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरेको छ। उसका अनुसार इजरायलले दानव शैलीमा गरेको हमलामा परी हमासका बन्धक भएका ५० इजरायलीलाइ मारेको उसको जिकिर रहेको छ ।

इजरायली सेनाले दावी गर्दै आएको छ कि हमासले गाजा पट्टीमा कम्तिमा २२४ मानिसहरूलाई बन्धक बनाएको छ।

हमास प्रतिनिधि मस्कोमा

यसैबीच, रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हमासको प्रतिनिधिमण्डल मस्को भ्रमणमा रहेका छन् । एजेन्सीले प्यालेस्टिनी प्रतिनिधिमण्डलको एक स्रोतलाई उद्धृत गर्दै मस्को भ्रमण गर्नेहरूमा हमासका वरिष्ठ सदस्य अबु मारजुक पनि थिए।

रसियाको इजरायल, इरान, प्यालेस्टिनी प्राधिकरण र हमास लगायत मध्यपूर्वका सबैसँग राम्रो सम्बन्ध रहेको छ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ७ : ४१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको