१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

जाजरकाेटका १० कार्यालयका प्रमुख सहित १३१ कर्मचारी छडकेमा



सुर्खेत । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ ।

स्थानिय प्रशासनले आईतवार गरेको अनुगमणका क्रममा १० कार्यालयका कार्यालय प्रमुख सहित आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालय मध्य ३ वटा कार्यालय प्रमुख मात्र कार्यालय उपस्थित रहेका थिए । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा. प्रतिक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्ली बहादुर केसी मात्र कार्यालय प्रमुखको रुपमा कार्यालयमा भेटिएको तर अन्य १० कार्यायल प्रमुख हाजिरी रजिष्टरमा विदा नै नजनाई अनुपस्थित रहेका थिए ।

स्वास्थ्य सेवा कार्यालय, बन डिभिजन कार्यालय, भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, बृहत जलाधार कार्यालय, सिंचाई तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, उर्जा तथा सिंचाई कार्यालय, सामाजिक विकास कार्यालय, पुर्वाधार विकास कार्यालय, नापी कार्याय, भेरी करिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो ।

ति मध्य सवै भन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र त्यसपछि भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित रहेका थिए । दशैं विदा मनाउन घर गएका धेरैजसो कर्मचारी कार्यालयमा नफर्के पछि सेवाग्राही मर्कामा परेका छन् । दशैं विदा पछि गत शुक्रवार नै कार्यालय खुले पनि हाल सम्म आधा भन्दा बढी कर्मचारी अझै कार्यालय आईपुगेका छैनन् ।

सरकारी कर्मचारीलाई नागरिक प्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ सुनारले आग्रह गरेका छन् । उनले दशैं मनाउन घर गएका कर्मचारीलाई विदा वा काजको वहानामा उतै नबस्न र तत्काल कार्यालयमा उपस्थित भै काम गर्न निर्देशन दिएका छन् । छड्केमा गएको स्थानिय प्रशाशनको टोलीले अनुपस्थित कार्यालय प्रमुख र कर्मचारीको हाजिरीमा रातो चिन्ह्र लगाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ०८ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना