६ पुस २०८२, आइतबार | December 21, 2025

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डलाई सिद्धार्थ सञ्जालकाे पत्र



भैरहवा । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कुटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निमगको जहाजहरुबाट उडान भर्न अपील गरेको हो ।

विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिन, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

यहाँको समग्र पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, आन्तरिक उडानहरु थप गर्न, बेलहिया नाका व्यवस्थापन, रेल कनेक्टिभिटी लगायतका विषयमा तत्काल सरकारले उचित कदम चाल्न आवश्यक रहेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

‘यथाशक्य विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सञ्जालक सरकारको पूर्ण ध्यानाकर्षण होस् भन्ने चाहन्छ,’ ज्ञवालीले भने ।

लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले बताए ।

‘यस्ता धेरै पर्यटन व्यवसायी छिटै सडकमा आउने निश्चित छ । एकातिर निजी क्षेत्रको अरबौ लगानी खेर गइरहेको छ भने अर्कोतर्फ एडिबीको करिब ४३ अर्ब लगानी जोखिममा छ,’ उनले भने ।

विमानस्थल सञ्चालनका लागि ठोस कदम नचाल्दा अब यहाँका उद्योगी व्यवसायी तथा आम नागरिकमा सरकारप्रतिको विश्वसनीयता घट्दै गइरहेको ज्ञवालीले बताए ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भिर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने अश्वासन दिनुभएको ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्डले सकारात्मक कुरा गर्नुभएको छ, काठमाडौं आउनुहोस् थप छलफल गरौंला भन्नुभएको छ,’ ज्ञवालीले भने ।

त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

सोमबार सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी विमानस्थल सञ्चालनमा नआए आन्तरिक उडानदेखि बेलहिया नाका ठप्प पार्नेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ५७ बजे

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु