५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश



काठमाडौं । मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल लगातार दोस्रो जितसहित आईसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।

मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो ।

नेपालले यसअघि यसै महिना घरेलु मैदानमै भएको त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध सबैभन्दा ठूलो लक्ष्य भेट्टाएको थियो । त्यसबेला नेपालले १६५ रनको लक्ष्य पूरा गरेको थियो ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : २६ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन