८ असार २०८३, सोमबार | June 23, 2026

लुम्बिनी विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुरा सारिँदै

संघीय सरकारले जग्गा हस्तान्तरणको निर्णय नगरिदिँदा भौतिक प्रगति हुन सकेन



नेपालगन्ज । बाँकेको खजुरामा संचालन हुनेगरि घोषणा गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय नेपालगन्जबाट संचालन भइरहेकोमा अव खजुराबाटै संचालनमा आउने भएको छ । बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालय संचालनमा रहेको भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको हो ।

गाउँपालिकाको कार्यालय खजुरा –३ ‘बी’ गाउँमा निर्माणधिन नयाँ भवनमा सारेर खजुरा –४ ‘डी’ गाउँमा हाल कार्यसंचालन भइरहेको पालिका भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय संचालन गरिन थालिएको खजुरा गाँउपालिकाले जनाएको छ ।

केन्द्रीय कार्यालय संचालन सम्बन्धमा विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले आज विश्वविद्यालयका लागि उपलब्ध गराइने भनिएको भवनको अवलोकन गरेका छन् । उनले केन्द्रीय कार्यालय संचालन सम्बन्धमा खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकसँग छलफल समेत गरेका छन् ।

भवनको अवलोकन पछि रजिष्ट्राटर भण्डारीले नेपालगन्ज्मा रहेको केन्द्रीय कार्यालय छिटोभन्दा छिटो खजुरा ल्याइने जानकारी दिए । खजुरामै विश्वविद्यालय निर्माण हुने भएकाले तत्काल कार्यालय ल्याउन लागिएको उनले बताए । बढीमा तिहार सम्म पदाधिकारीहरुको सचिवालय खजुरामा रहनेगरि तयारी अगाडि बढाइएको भण्डारीले बताए ।

खजुरा –८ रनियापुरमा विश्वविद्यालय निर्माणका लागि आवश्यक एकसय बिघा जग्गा उपलब्ध गराउन स्थानीय, जिल्ला समन्वय र प्रदेश सरकारबाट संघीय सरकारमा सिफारिस सहितको फायल पुगेपनि संघीय सरकारबाट जग्गा उपलब्ध सम्बन्धमा कुनै निर्णय हुन सकेको छैन । सरकारको ढिलासुस्तीकै कारण छुट्याइएको जग्गामा विश्वविद्यालय निर्माण सम्बन्धि काम अगाडि बढ्न नसकेको रजिष्ट्रार भण्डारीले बताए ।

नेपालगन्ज्मा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुरा ल्याउन पालिकाको नयाँ भवन पूर्णरुपमा निर्माण सम्पन्न नहुँदै कार्यालय स्थानान्तरण गरिएको खजुरा गाँउपालिकाले जनाएको छ ।

हाल विश्वविद्यालयको केन्द्रीय कार्यालय नेपालगन्जस्थित डिभिजन वन कार्यालयको भवनबाट संचालन भइरहेको छ । कार्यालय खजुरा सरे पनि कक्षा सञ्चालन भने भवन अभावमा यस वर्ष नेपालगञ्जमै हुने भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ०६ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका