१४ पुस २०८२, सोमबार | December 29, 2025

सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर तथा सर्वोच्च अदालतको आदेशलाई मानेर टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

“शान्ति प्रक्रियाका सम्बन्धमा अन्तर्राष्ट्रिय मानवअधिकार काउन्सिलले भनेका कुरालाई पनि ध्यान दिनुपर्दछ”, उनले भने, “खासगरी पीडितलाई न्याय दिनुपर्दछ ।”

अध्यक्ष ओलीले चाडपर्वका समयमा राजनीतिकरुपमा कुनै पनि टीकाटिप्पणी गर्न नहुने बताए । “हामीबीच कहाँ कहाँ कमीकमजोरी रहेका छन् । ती कुरा निकाल्दा चाडपर्वको गरिमामा प्रतिकूल असर पर्छ ।” चाडपर्व परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको उल्लेख गर्दै उनले विभिन्न सन्दर्भले चाडपर्वलाई पुष्टि गरेको बताए ।

चियापानमा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, विभिन्न पार्टीका शीर्ष नेता, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक परिषद्का पदाधिकारी, कर्मचारी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो । सहभागीलाई एमाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

पार्टीका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालदेखि चियापानको आयोजना गरेका हुन् । त्यसपछि एमालेले नियमितरुपमा हरेक वर्ष दसैँ र तिहारकाबीचमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरिएको थिएन ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ०६ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र