१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालगन्जमा रक अन फेस्टिवल कन्सर्ट, आवाज द ब्यान्डले दर्शक तताउने



पालगन्ज । ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टमा ‘आवाज द ब्यान्ड’ को पनि प्रस्तुती रहने भएको छ । कार्यक्रममा प्रदिप जंग शाही, रिदम खड्गी, विशेष थापा लगायतले दर्शकलाई मनोरञ्जन गराउनेछन् ।

१० वर्ष अघि स्थापना भएको ‘आवाज द ब्यान्ड’ नेपालगन्जको स्थानीय ब्यान्ड हो ।

कात्तिक २४ गते नेपालगन्जको रामलीला मैदानमा हुन लागेको ओपन कन्सर्टमा अन्य स्थानीय कलाकारको पनि प्रस्तुती रहने कन्सर्ट निर्देशक कमल खत्रीले जानकारी दिए ।

नेपालका चर्चित पप गायक सुनिल सिंह ठकुरीको पहिलो पटक आफनो गृह जिल्ला बाँकेमा ओपन कन्सर्टमा सहभागी हुँदैछन् । नेपालगन्ज ग्यालरीबाट प्रत्यक्ष प्रसारण गरिने ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विथ सुनिल सिंह ठकुरी’ कन्र्सट मार्फत ठकुरीले नेपालगन्जका दर्शकलाई भरपुरमनोरञ्जन गराउने प्रयास गर्नेछन् ।

आयोजकका अनुसार कन्र्सटमा इन्टरटेन्टमेन्ट पार्टनर ‘चित्र भित्र’ रहेको छ । कन्र्सटमा स्थानीय म्युजिक ब्यान्डको लाईभ प्रस्तुती, एकल तथा सामुहिक नृत्य लगायतका प्रस्तुती रहनेछन् । कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टल समेत राखिने तथा कन्र्सटबाट आम्दानी भएको रकम नेपालगन्ज ग्यालरीको सहयोगी कोष मार्फत सामाजिक कार्यमा खर्च गरिने कन्र्सटका प्रवक्ता समिरमान श्रेष्ठले बताए ।

कार्यक्रममा ठकुरीसँगै स्थानीय कलाकारले समेत आफनो प्रस्तुती प्रदर्शन गर्नेछन् । गायक तथा संगीतकार समेत रहेका ठकुरीले दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । जापानमा बस्दै आएका ठकुरीले पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत उनले गायन क्षेत्रमा डेब्यु गरेका थिए । ठकुरीको पहिलो एल्बममा रहेको ‘भुली भुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो ।

ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीत मार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : ३७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्