५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

आईसिसी टी-२० विश्वकप छनोट : आजको खेलमा ओमानलाई हराउँदै समूह विजेता बन्ने दाउमा नेपाल



काठमाडौं । घरेलु टोली नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ ।

दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ । समूह विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ । नेपाल ओमानलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गर्नसक्छ । विनोद भण्डारीलाई मैदान उतार्दा विवेक यादवलाई बेन्चमा राख्न सक्छ ।

समूह ‘ए’ को अन्तिम खेलमा सिंगापुर र मलेसियाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । तर मुलपानीमा आज हुने दुबै खेल निकै महत्वपूर्ण हुनेछन् । पहिलो खेलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । बहराइनसँग हारेको हङकङलाई सेमिफाइनल खेल्न युएईलाई हराउनु पर्ने हुन्छ । उता सुरुवाती दुई खेल जितेको युएईलाई जित वा झिनो अन्तरको हार सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।

दोस्रो खेलमा बहराइन र कुवेत भिड्नेछन् । पहिलो खेलमा हङकङ पराजित भएमा बहराइनलाई जित पर्याप्त हुनेछ । तर हङकङ विजयी भएको खण्डमा बहराइनले नेटरनरेटमा ध्यान दिनुपर्छ । कुवेत सेमिफाइनलमा पुग्न आफ्नो विशाल जितसँगै पहिलो खेलमा युएई विजयी भएको हुनुपर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ३६ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन