१४ पुस २०८२, सोमबार | December 29, 2025

कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग



लुम्बिनी । कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिकाका उपप्रमुख होम प्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमै उपप्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन् । पत्रकारसँग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासि आफ्नो कार्यकक्षमा प्रवेश गरेर उपप्रमुखले गाली गलौच, दुर्व्यवहार गरी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

आफूमाथि यसरी कुटपिट भएपछि प्रशासकीय अधिकृत ज्ञवालीले काम गर्न नसक्ने भन्दै सुरक्षाकाको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले तुरुन्त पक्राउ गरी चौधरीमाथि आवश्यक कारबाहीको माग गरेका हुन् । गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसी उपाध्यक्ष चौधरीमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरूको काम कारबाही बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : १६ बजे

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

काठमाडौं । नेकपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच