२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग



लुम्बिनी । कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिकाका उपप्रमुख होम प्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमै उपप्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन् । पत्रकारसँग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासि आफ्नो कार्यकक्षमा प्रवेश गरेर उपप्रमुखले गाली गलौच, दुर्व्यवहार गरी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

आफूमाथि यसरी कुटपिट भएपछि प्रशासकीय अधिकृत ज्ञवालीले काम गर्न नसक्ने भन्दै सुरक्षाकाको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले तुरुन्त पक्राउ गरी चौधरीमाथि आवश्यक कारबाहीको माग गरेका हुन् । गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसी उपाध्यक्ष चौधरीमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरूको काम कारबाही बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : १६ बजे

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

बोगोटा । पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा फर्किए सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको

आज देशभर बदली, लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर