४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीको सियारीमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता आजदेखी सुरु



भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा आजदेखी प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटवल प्रतियोगिता २०८० सुरु हुदैं छ । स्वास्थ्यका लागि खेल, राष्ट्र विकासका लागि खेल भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा पालिका भित्रका खेलाडीहरुले भाग लिने छन ।

प्रतियोगितामा सियारीका ६ वटा वडाका ११ टिमको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । प्रतियोगतामा वडा नम्बर ३ बाहेकका अन्य ६ बटा वडाले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको आज दिउँसो २ बजे सियारी ४ छपियाको खेल मैदानमा उद्घाटन खेल हुने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

खेल क्षेत्रको प्रबद्धनका साथै खेलका माध्यमबाट सियारीको विकास गर्ने तथा युवा प्रतिभाको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

उद्घाटन खेल सहित १७, १८ र १९ गतेका खेलहरु छपिया खेल मैदानमा हुने छन् भने बाँकी २१, २२ र २३ गतेका खेलहरुका सियारी ७ अमुवा स्थित खेल मैदानमा हुने प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

उद्घाटन र समापनका दिन एउटा खेल हुने छ भने बाकि दिनमा २ वटाका दरले खेल हुने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए । प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैया पाउने छन् भने उपबिजेताले ५१ हजार रुपैया पाउने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।

सियारीमा यति ठुलो रासिको फुटवल प्रतियोगिता पहिलो भएको दाबी गरे ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : १० बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ