२८ भदौ २०८३, आइतबार | September 13, 2026

रुपन्देहीको सियारीमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता आजदेखी सुरु



भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा आजदेखी प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटवल प्रतियोगिता २०८० सुरु हुदैं छ । स्वास्थ्यका लागि खेल, राष्ट्र विकासका लागि खेल भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा पालिका भित्रका खेलाडीहरुले भाग लिने छन ।

प्रतियोगितामा सियारीका ६ वटा वडाका ११ टिमको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । प्रतियोगतामा वडा नम्बर ३ बाहेकका अन्य ६ बटा वडाले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको आज दिउँसो २ बजे सियारी ४ छपियाको खेल मैदानमा उद्घाटन खेल हुने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

खेल क्षेत्रको प्रबद्धनका साथै खेलका माध्यमबाट सियारीको विकास गर्ने तथा युवा प्रतिभाको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

उद्घाटन खेल सहित १७, १८ र १९ गतेका खेलहरु छपिया खेल मैदानमा हुने छन् भने बाँकी २१, २२ र २३ गतेका खेलहरुका सियारी ७ अमुवा स्थित खेल मैदानमा हुने प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

उद्घाटन र समापनका दिन एउटा खेल हुने छ भने बाकि दिनमा २ वटाका दरले खेल हुने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए । प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैया पाउने छन् भने उपबिजेताले ५१ हजार रुपैया पाउने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।

सियारीमा यति ठुलो रासिको फुटवल प्रतियोगिता पहिलो भएको दाबी गरे ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : १० बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),