२१ असार २०८३, आइतबार | July 5, 2026

भूकम्प : घाइतेको उपचार प्रभावकारी बनाउन भेरी अस्पताल तयारी अवस्थामा



नेपालगन्ज । गए राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ । मध्यराती नै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कु पोखरेल अस्पताल पुगेर घाइते उपचारको अवस्थाका तयारीको अवलोकन गरेका छन् ।

भूकम्पमा परि घाइते भएकाहरुलाई नेपालगन्ज रिफर गरिएको खबर प्राप्त भएसँगै अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. पवनजङ्ग रायमाझी, विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह, बरिष्ठ फिजिसियन डा. राजन पाण्डे सहितको टोलीले अस्पतालको निरिक्षण तथा आवश्यक तयारीका लागि निर्देशन गरेको जनाइएको छ ।

उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठलाई तोकिएको जनाउँदै पोखरेलले कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जनाएका छन् ।

भुकम्पमा परि अहिले सम्ममा ७३ जनाको मृत्यु भएको र १०८ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ०८ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा