२० मंसिर २०८२, शनिबार | December 6, 2025

भूकम्प : घाइतेको उपचार प्रभावकारी बनाउन भेरी अस्पताल तयारी अवस्थामा



नेपालगन्ज । गए राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ । मध्यराती नै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कु पोखरेल अस्पताल पुगेर घाइते उपचारको अवस्थाका तयारीको अवलोकन गरेका छन् ।

भूकम्पमा परि घाइते भएकाहरुलाई नेपालगन्ज रिफर गरिएको खबर प्राप्त भएसँगै अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. पवनजङ्ग रायमाझी, विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह, बरिष्ठ फिजिसियन डा. राजन पाण्डे सहितको टोलीले अस्पतालको निरिक्षण तथा आवश्यक तयारीका लागि निर्देशन गरेको जनाइएको छ ।

उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठलाई तोकिएको जनाउँदै पोखरेलले कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जनाएका छन् ।

भुकम्पमा परि अहिले सम्ममा ७३ जनाको मृत्यु भएको र १०८ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ०८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय