२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र उपचारका लागि बाँकेबाट आकस्मिक टोली पठाईँदै



नेपालगन्ज । भूकम्पबाट ध्वस्त बनेको जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा बाँकेबाट आकस्मिक उद्धार, राहत र उपचारका लागि बिभिन्न निकायले उद्धार तथा उपचार टोली पठाउने भएका छन् ।

बाँकेको खजुरा गाँउपालिकाले औषधी सहित स्वास्थ्कर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने भएको छ भने नेपालगन्ज उपमहानगरलेपनि स्वास्थ्कर्मीहरु सहितको टोली प्रभावित क्षेत्रमा पठाउने भएको छ । खजुरा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकलको नेतृत्वमा २ लाख बराबरको औषधी लिएर त्यस तर्फ पठाउन थालिएको गाँउपालिकाका प्रमुख डम्बर बिकले बताए ।

नेपालगन्ज उपमहानगरका प्रमुख प्रसान्त विष्टले पनि स्वास्थ्यकर्मी र औषधी लिएर टोली प्रभावित क्षेत्रमा पठाउन थालिएको जनाउका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो एम्बुलेन्स घाइतेको उद्धार तथा अस्पताल पु¥याउने कार्यमा निशुल्म उपलब्ध गराउने घोषणा गरेको छ ।

बाँकेको बैजनाथ एमालेको गाँउ कमिटीले घाइतेहरुको आवश्यकतालाई लक्षित गर्दै रक्तदान गर्ने तयारी गरेको एमाले बैजनाथले जनाएको छ । प्रभावित क्षेत्रमा प्रधानमन्त्री औफै स्वास्थ्यकर्मीको टोली लिएर पुगि सकेका छन् भने बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि चिकित्सकको टोली त्यस तर्फ प्रस्थान गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : १९ बजे

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज