२२ माघ २०८२, बिहिबार | February 5, 2026

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र उपचारका लागि बाँकेबाट आकस्मिक टोली पठाईँदै



नेपालगन्ज । भूकम्पबाट ध्वस्त बनेको जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा बाँकेबाट आकस्मिक उद्धार, राहत र उपचारका लागि बिभिन्न निकायले उद्धार तथा उपचार टोली पठाउने भएका छन् ।

बाँकेको खजुरा गाँउपालिकाले औषधी सहित स्वास्थ्कर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने भएको छ भने नेपालगन्ज उपमहानगरलेपनि स्वास्थ्कर्मीहरु सहितको टोली प्रभावित क्षेत्रमा पठाउने भएको छ । खजुरा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकलको नेतृत्वमा २ लाख बराबरको औषधी लिएर त्यस तर्फ पठाउन थालिएको गाँउपालिकाका प्रमुख डम्बर बिकले बताए ।

नेपालगन्ज उपमहानगरका प्रमुख प्रसान्त विष्टले पनि स्वास्थ्यकर्मी र औषधी लिएर टोली प्रभावित क्षेत्रमा पठाउन थालिएको जनाउका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो एम्बुलेन्स घाइतेको उद्धार तथा अस्पताल पु¥याउने कार्यमा निशुल्म उपलब्ध गराउने घोषणा गरेको छ ।

बाँकेको बैजनाथ एमालेको गाँउ कमिटीले घाइतेहरुको आवश्यकतालाई लक्षित गर्दै रक्तदान गर्ने तयारी गरेको एमाले बैजनाथले जनाएको छ । प्रभावित क्षेत्रमा प्रधानमन्त्री औफै स्वास्थ्यकर्मीको टोली लिएर पुगि सकेका छन् भने बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि चिकित्सकको टोली त्यस तर्फ प्रस्थान गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : १९ बजे

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना