१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमती प्रदेश सरकारद्वारा भूकम्प पीडितलाई १ करोड ५० लाख सहयोग



काठमाडौं। बागमती प्रदेश सरकारले भूकम्प पीडितहरुलाई तत्कालका लागि १ करोड ५० लाख सहयोग दिने भएको छ ।

गए राती जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि बाग्मती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको हो ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार जारी विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराईएको छ ।

विपद्को यस घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने जनाउँदै बागमती प्रदेश सरकारले भूकम्पबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत सो प्रदेशले गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : ३७ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा