६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

भूकम्प पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापनलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भूकम्पबाट भएको धनजनको क्षतिका बारेमा जानकारी लिँदै उद्धार, राहत तथा तथा घाइतेको शीघ्र उपचारको प्रबन्ध मिलाउन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यकपर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गरेका छन् । उनले यसअघि भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको जनाउँदै विपद्को घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आमनागरिकलाई अपिल गरेका थिए ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकुमपश्चिममा जिल्लामा गरी कम्तीमा एक सय ३६ जनाको मृत्यु भएको र सयौँ घाइते भएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : ५९ बजे

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

काठमाडौ । लाजिम्पाटस्थित होटल ले हिमालयको रहेको पान–एशियन फाइन डाइनिङ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका

नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा