१६ श्रावण २०८३, शनिबार | August 1, 2026

नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत पारित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरिएको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत रूपमा पारित गरेको छ । बुधबार बसेको बैठकले चुनावी घोषणापत्रको रूपमा ल्याउन लागिएको उक्त प्रतिज्ञापत्र अनुमोदन गरेको हो ।

पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्न लागेको हो । सो प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सार्वजनिक गरिने कार्यक्रम तय भएको छ ।

पार्टीका अनुसार उक्त सभामा पार्टी सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गर्नेछन् । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मधेस प्रदेश समितिले जनाएको छ ।

यसअघि नै कांग्रेसले ‘भिजन १०’ को अवधारणामा आधारित घोषणापत्र ल्याउने निर्णय सार्वजनिक गरिसकेको थियो । सोही अवधारणाअनुसार तयार गरिएको प्रतिज्ञापत्रमार्फत पार्टीले आगामी निर्वाचनमा आफ्ना नीति, योजना र प्रतिबद्धताहरू मतदातामाझ प्रस्तुत गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १२ : ४९ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न