२० मंसिर २०८२, शनिबार | December 7, 2025

भूकम्प प्रभावित क्षेत्रमा तिलोत्तमा नगरपालिकाको औषधी सहितको स्वास्थ्यकर्मी हिँड्यो

नगरपालिकाबाट १० लाख प्रदान गरिने



बुटवल । तिलोत्तमा नगरपालिकाले भूकम्प पीडितहरुका लागि १० लाख आर्थिक रहात रकम पठाउने भएको छ । नगरको कार्यपालिकाको बैठकले भूकम्प पीडितहरुको राहतका लागि १० लाख पठाउने निर्णय गरेको हो ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो गएको भुकम्पबाट प्रभावित क्षेत्रहरुमा नगरपालिकाले औषधि सहितको स्वास्थ्यकर्मी टोली पनि पठाएको छ । औषधि र सहायता सामाग्री सहित स्वास्थ्यकर्मीहरुको टोलीलाई नगर प्रमुख रामकृष्ण खाँणले बिदाई गरेका छन् ।

यसअघि नगरपालिकामा बसेको आकस्मिक बैठकले भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै मृतकका परिवारमा समबेदना प्रकट गरेको नगर प्रमुख खाँणले जानकारी दिए । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकले तिलोत्तमाको तर्फबाट आर्थिक राहत पठाउन निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए

सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाएका छन् । जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम प्रस्थान गरेको अर्यालले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ५० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल