२२ माघ २०८२, बिहिबार | February 5, 2026

भूकम्प प्रभावित क्षेत्रमा तिलोत्तमा नगरपालिकाको औषधी सहितको स्वास्थ्यकर्मी हिँड्यो

नगरपालिकाबाट १० लाख प्रदान गरिने



बुटवल । तिलोत्तमा नगरपालिकाले भूकम्प पीडितहरुका लागि १० लाख आर्थिक रहात रकम पठाउने भएको छ । नगरको कार्यपालिकाको बैठकले भूकम्प पीडितहरुको राहतका लागि १० लाख पठाउने निर्णय गरेको हो ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो गएको भुकम्पबाट प्रभावित क्षेत्रहरुमा नगरपालिकाले औषधि सहितको स्वास्थ्यकर्मी टोली पनि पठाएको छ । औषधि र सहायता सामाग्री सहित स्वास्थ्यकर्मीहरुको टोलीलाई नगर प्रमुख रामकृष्ण खाँणले बिदाई गरेका छन् ।

यसअघि नगरपालिकामा बसेको आकस्मिक बैठकले भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै मृतकका परिवारमा समबेदना प्रकट गरेको नगर प्रमुख खाँणले जानकारी दिए । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकले तिलोत्तमाको तर्फबाट आर्थिक राहत पठाउन निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए

सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाएका छन् । जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम प्रस्थान गरेको अर्यालले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ५० बजे

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल