२० असार २०८३, शनिबार | July 4, 2026

बुटवलमा पौराणिक भैरव नाच प्रर्दशन (फोटो फिचर)



बुटवल । बुटवलमा पौराणिक भैरव नाच प्रर्दशन गरिएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले अर्घाखाँची नेवा समाजको सहकार्यमा भैरव नाच प्रर्दशन गरेको हो ।

नाँचको शुभारम्भ गर्दैसंघका प्रमुख सल्लाहकार माधव नेपालले हाम्रो देश बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक भएको भन्दै यसको प्रचारप्रसार र संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले आगामी दिनहरुमा आफुहरु यो अभियानमा सहकार्य गर्दै ब्यवस्थित रुपमा आयोजना गर्ने प्रतिवद्घता जनाए ।

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले लोपोन्मुख नृत्यलाई जगेर्ना र ब्यवसायिक रुपमा अघि बढाउन जरुरी रहेको बताए । पर्यटकलाई आर्कषित गर्ने गरि थप सहकार्य गर्न आफुहरु तयार रहेको उनले बताए ।

सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले तान्त्रिक विधिबाट पनि यो नाच महत्वपुर्ण रहेको बताए । यो नृत्यमा रक्तभैरव, स्वतभैरव, कालभैरव र एक परि गरि चार जना कलाकारहरुले बाजाको ७ तालहरुमा आर्कषक नृत्य गर्ने गर्ने उनले जानकारी दिए ।

नेवाः समुदामयमा दैवीप्रकोप रोक्न भैरवको पुजा गर्न अनिवार्य मानिन्छ । काठमाडौं उपत्यकाका बिभिन्न टोलहरुमा मानिसहरुलाई रोगब्याधी नहोस् र देशमा शान्ति होस भन्ने कामनाका साथ प्रत्येक वर्ष यो नृत्य आयोजना गरिने प्रचलन रहेको छ ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले रुपन्देहीमा भित्रने पर्यटकलाई हाम्रो आफनै कला, संस्कृति र मौलिक परम्पराहरुबाट जोड्ने गरि कार्यक्रम चलाउने योजना अनुसार अभियान शुरु गरिएको जानकारी दिए । बुटवल कालिकापथको इट्टभट्टीमा प्रदर्शन गरिएको नृत्यमा ठुलो संख्यामा दर्शकहरु उपस्थित भएका थिए ।

 

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : ५६ बजे

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को