२८ माघ २०८२, बुधबार | February 11, 2026

राहत लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल जाजरकोट



जाजरकोट । रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरुको लागि राहत लिएर जाजरकोट पुगेका छन । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामिडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पबाट पीडितहरुको लागि राहत सामग्री लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल भूकम्प प्रभावित क्षेत्र पुगेका हुन ।

भूकम्प भएको भोलिपल्ट नैं त्यसतर्फ प्रस्थान गरेका सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेलले कार्तिक १९ गते भूकम्प पीडितको लागि राहतको लागि चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोट लगायतका विभिन्न खाद्य सामग्री प्रदान गरेका छन । एकद्धार प्रणालीमार्फत् राहत प्रदान गर्ने नीतिअनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको सांसद घिमिरेले जानकारी दिए ।

सांसद घिमिरेले आफ्नो तर्फबाट र गाउँपालिका अध्यक्ष पौडेलले पालिकाको तर्फबाट भूकम्प पीडितलाई राहत प्रदान गरेका हुन । गाउँपालिका अध्यक्ष पौडेलले रुकुम पश्चिमका भूकम्प पीडितलाई समेत राहत प्रदान गरिने जानकारी दिए । पीडितलाई तत्काल खाद्य सहितका राहत सामग्री आवश्यक पर्ने भएकोले भूकम्प गएकैं भोलिपल्ट भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

राहतको घोषणा अन्य पालिकाहरुले गरे पनि स्वयंम् राहत लिएर गाउँपालिका अध्यक्ष पौडेल र आफ्नो व्यक्तिगत तर्फबाट पीडितलाई राहत दिन सांसद घिमिरे भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन । त्यसक्रममा सांसद घिमिरे र गाउँपालिका अध्यक्षले भूकम्पबाट घाइते भएकोहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका छन । जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उनीहरुले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन ।

यस्तै उनीहरुले सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भूकम्पबाट भएको क्षति, उद्धार र राहत वितरणको बारेमा जानकारी समेत लिएका छन । साथैं उनीहरुले भूकम्प प्रभावित क्षेत्रहरुको समेत स्थलगत अवलोकन गरेका छन । स्थलगत अवलोकनपछि सांसद घिमिरेले अब भूकम्प पीडितलाई राहत र पुननिर्माणको आवश्यकता बढी रहेको महशुस भएको बताए । घाइतेहरुको उपचारमा खास समस्या रहेको नपाइएको बताउँदै सांसद घिमिरेले अब सबैको ध्यान भूकम्प पीडितको पुनःस्थापनामा केन्द्रीत हुनुपर्नेमा जोड दिए । राहत वितरण प्रणाली एकद्धार प्रणालीबाट गरिनु सकारात्मक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ५५ बजे

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी