२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

सरकारले थाल्यो गाँजा खेतीको सम्भाव्यता अध्ययन



काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने गरी कार्यदल बनाइएको हो । कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले निर्देशन दिएका थिए ।

यो कार्यदललाई दुई वटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।

चालु आर्थिक बर्षको बजेटमा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने उल्लेख थियो । बजेट वक्तव्य को १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : २१ बजे

कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको

एसईईमा जफत १ करोडभन्दा बढीका मोबाइल पानीमा डुबाएर नष्ट

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा जफत

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ