९ चैत्र २०८२, सोमबार | March 23, 2026

रुपन्देहीको सियारी गाउँपालिकामा तिहारमा प्लाष्टिकका मालामा प्रतिबन्ध



भैरहवा । सियारी गाउँपालिका रुपन्देहीले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपुर्वक रुपमा मनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै नेपालीहरूको महान चाँड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो ।

चाडपर्वको समयमा पटका आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसार पसार गर्ने, जुवा तास खेल्ने खेलाउने, उश्रृंखल देउसी भैलो एवं कानुनले निषेध गरिएका कार्य नगर्न तथा नगराउन सियारीबासीमा अनुरोध गरेको छ ।

पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने संभावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँवासीमा अनुरोध गरिएको छ ।

यस्तै सियारी गाउँपालिकाले दिपावली लगाएतका चाडपर्वहरूमा प्लास्टिकका फूलमालाहरु तथा आयातित फूलमालाहरु प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय स्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिका सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ४ : २७ बजे

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित