९ चैत्र २०८२, सोमबार | March 23, 2026

होटल तथा रेष्टुरेन्ट व्यवसायीको रक्तदान



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा मंगलबार बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

एक समारोहका बिच होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै देशमा विभिन्न महामारीकै कारण आर्थिक, मानसिक पीडा भोग्नुपरेको बेला पनि सामाजिक कार्यमा आफुहरु संस्थागत रुपमा अघि बढेको बताए ।

शरिरमा ३ महिनामा खेर जाने रक्तदान दान गरेर अरुको जीवन बचाउन सकिने हुदा पनि नियमित रक्तदान गर्नु महान काम भएको उनले बताए । कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले चाडपर्व लक्षित रक्तदान कार्यक्रम गरेको बताए । रक्तदान कार्यक्रम गरि थोरै भएपनि सहयोग हुने उनले बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई, संस्थाका सल्लाहकार चिरञ्जीवी शर्मा, नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिका केन्द्रीय सदस्य बुद्धि ज्ञवाली, संघका महासचिव अर्जुन थापाले रक्तदान अभियानलाई सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको संयोजक केशवराज पाण्डेले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : २१ बजे

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित