९ चैत्र २०८२, सोमबार | March 23, 2026

भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते, कुरुवा र स्वास्थ्यकर्मीलाई नि-शुल्क खाना



नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत नि-शुल्क खानाको ब्यवस्था गरिएको हो ।

भूकम्प पछि अस्पतालमा घाइते भर्ना भएयता ६३८ जनाले नि-शुल्क खानाको सेवा उपभोग गरेको रसोइघरका संचालक जितेन्द्र कुमार सिंहले जानकारी दिए । अहिले सम्ममा रसोइलाई १ हजार ३० छाक खानाको सहयोग प्राप्त भइसकेको उनले जनाए । बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र स्थानीय ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएको आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठले जानकारी दिए ।

रसोइघरले प्रति छाक ४०का दरले लगातार भेरी अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तलाई खानाको ब्यवस्थापन गर्दै आएको छ । खाना ब्यवस्थापनमा नेपालगन्जमा स्थानीय युवाहरुले स्वयमसेवकको भूमिका निभाइरहेका छन् ।

खानाका दाताहरुले अस्पताल बिकास समिति अध्यक्ष बिरेन्द्र शाह मार्फत अन्जनी माता रसोइका ब्यबस्थापक सिंहलाई सहयोग राशी हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमको हरित अभियन्ता हेमन्त राज काफ्लेले सहजिकरण गरेका थिए ।

दाताहरुलाई आपतकालीन कार्यसन्चालन केन्द्र बाँकेले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : २१ बजे

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित