बुटवल । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुपन्देहीले जाजरकोट भूकम्पबाट प्रभावितको लागि राहत संकलन गरी प्रस्थान गरेको छ । जिल्ला सभापति सन्दीप पाण्डेका अनुसार सोमबार राहत सामग्री जाजरकोट पठाइएको हो ।
रुपन्देहीका विभिन्न व्याक्तिहरु संग संकलन गरिएको चामल १ सय बोरा, सोयाविन ४० बोरा, चाउचाउ १०० कार्टुन, खाने तेल २५ कार्टुन, त्रिपाल २५ थान र चिउरा १० बोरा सहित अध्यक्ष पाण्डे, कोषाध्यक्ष रोशन थापा लगायतको टोली जाजरकोट प्रस्थान गरेको हो ।
राहत टोलीलाई विदाई गर्दै नेपाल तरुण दल रुपन्देहीका जिल्ला उपाध्यक्ष प्रशान्त कोईरालाले संकलन गरेको राहत पिडीत सामु पु¥याउनु अहिलेको आवश्यकता रहेको बताएका थिए ।
उनले विपतको बेलामा सबैले मानवियहितको लागि समेत सहयोग गर्नुपर्ने भन्दै उनले अन्य स्थानबाट पनि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका थिए । राहत टोली जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा लगेर प्रसासनको सहभागीतामा बुझाउने कार्यक्रम रहेको नेपाल तरुण दलका क्षेत्रीय सदस्य अमृत गिरीले जानकारी दिए ।



















प्रतिक्रिया