१४ पुस २०८२, सोमबार | December 29, 2025

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितका लागि २५ लाखकाे चेक प्रधानमन्त्रीलाई बुझायाे



लुम्बिनी । भूकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखकाे चेक हस्तान्तरण गरेकाे छ । बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले २५ लाखकाे चेक हस्तान्तरण गरेका हुन ।

कोषका तर्फबाट भुकम्प प्रभावितहरुलाई तत्काल राहातका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेकाे उपाध्यक्ष डा. लामाले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्रालय अन्तर्गत रहेका काेष सहित पशुपति क्षेत्र विकास काेष, नेपाल वायु सेवा निगम, पर्यटन बाेर्डबाट प्राप्त सहयाेग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकाे मन्त्रालयले जनाएकाे छ । लुम्बिनी विकास काेषले सचिवालय बैठक मार्फत भूकम्प प्रभावितहरूलाइ राहत लागि सहयाेग गर्ने निर्णय गरेकाे थियाे ।

कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ०६ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य