७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

प्रधानमन्त्री प्रचण्ड र सीपीसी तिब्बत पार्टी सचिव वाङबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका वाङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको सहकार्य, सम्बन्ध र र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सीपीसीको तिब्बत पार्टी सचिवले वाङ नेपाल मामिलाका लागि महत्वपूर्ण व्यक्ति हुन् । चीन सरकारले तिब्ब्त पार्टीको सिफारिसमा नेपालसँगको सम्बन्धलाई अघि बढाउने काम गर्छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा वाङसँग ल्हासामा भेटवार्ता भएको थियो । प्रचण्डले उनलाई सोही समयमा नेपाल भ्रमणको निम्तो दिएका थिए ।

वाङले बुधबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : ०८ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ