११ असार २०८३, बिहिबार | June 26, 2026

प्रधानमन्त्री प्रचण्ड र सीपीसी तिब्बत पार्टी सचिव वाङबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका वाङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको सहकार्य, सम्बन्ध र र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सीपीसीको तिब्बत पार्टी सचिवले वाङ नेपाल मामिलाका लागि महत्वपूर्ण व्यक्ति हुन् । चीन सरकारले तिब्ब्त पार्टीको सिफारिसमा नेपालसँगको सम्बन्धलाई अघि बढाउने काम गर्छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा वाङसँग ल्हासामा भेटवार्ता भएको थियो । प्रचण्डले उनलाई सोही समयमा नेपाल भ्रमणको निम्तो दिएका थिए ।

वाङले बुधबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : ०८ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा