२८ माघ २०८२, बुधबार | February 11, 2026

तेस्रो चरणका राहत सामाग्री लिएर भारतिय सेनाको जहाज आज पनि नेपालगन्ज आइपुग्यो



नेपालगन्ज । जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षेति ब्यहोराका पीडितका लागि भारत सरकारले तेश्रो चरणको राहत सामाग्री पठाएको छ ।

बिहीबार नेपालगञ्ज विमानस्थलमा तेस्रोपपटक भारतीय वायुसेनाको विमान भूकम्प पीडितका लागि राहत सामाग्री सहित अवतरण गरेको छ ।

नेपालगन्ज झरेको राहत सामाग्री भारतीय दुतावासका प्रथम सचिव नवीन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका छन् ।

प्रजिअ पोखरेलका अनुसार तेश्रो चरणको राहत सामाग्री अन्तरगत ठूलो खालको टेन्ट २४ पिस, फिटिङ्स टेन्ट १२ पिस, स्लिपिङ ब्याग २ हजार ९ सय पिस, ब्ल्यांकेट २ हजार ८ सय पिस, त्यसैगरी सानो खालको टेन्ट ६०पिस, फिटिङ्स ६०, मेडिकल सप्लाईका सामान रहेका छन् । भारत सरकारले यसअघि पनि आपत्कालीन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको थियो ।

पहिलो चरणमा आइतबार नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण थिए भने दोश्रो चरणमा भारतीय दुतावास अधिकारीद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेललाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : ४८ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा