२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदै



काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः१५ बजेदेखि शुरु हुनेछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ ।

सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ । यसका लागि अफगानिस्तानले दक्षिण अफ्रिकालाई ठुलो अन्तरले पराजित गर्नुपर्ने भएको छ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११मा टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन खेल्ने छन्।

अफगानिस्तानको सम्भावित प्लेइङ ११ मा  हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान,  फजलहक फारुकी र नवीन उल हक रहने छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ३५ बजे

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य