९ श्रावण २०८३, शनिबार | July 25, 2026

आइसीसीका अध्यक्ष नेपाल भ्रमणमा आउदै



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् ।

क्यानले यस भ्रमणको क्रममा आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्वपूर्ण कदम भएको बताएको छ ।

आईसीसी अध्यक्ष बार्कले मार्च १८ मा काठमाडौँ आइपुग्ने छन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा सुविधाहरूको औपचारिक भ्रमण गर्ने छन् । साथै आफ्नो भ्रमणको क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्री लगायतका प्रमुख व्यक्तिहरूसँग भेटवार्ता गर्ने भएका छन् ।

आफ्नो नेपाल भ्रमणको बारेमा बोल्दै आईसीसी अध्यक्ष बार्कले भने- ‘नेपाल क्रिकेट संघ (क्यान) टोलीले हासिल गरेको प्रगतिलाई प्रत्यक्ष रूपमा हेर्न नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । संघले सहभागिता बढाउन र यस क्षेत्रमा खेलको लोकप्रियता र समर्थनलाई अगाडि बढाउन काम गरेको छ। सफलताका कथाहरू आउँदो महिनाहरूमा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी पुरुष टी-२०  विश्वकपका लागि वरिष्ठ पुरुष टोलीको छनोटको रूपमा प्रकट हुन थालिसकेका छन् ।’

उनले अगाडी भनेका छन्- ‘हामी २०२७ मा आईसीसी यू-१९ महिला टी-२० विश्वकपको सह-आयोजक नेपाललाई हेर्दै गर्दा, म त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट स्टेडियममा सुविधाहरूको भ्रमण गर्न उत्सुक छु ।’

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेको नेपाल भ्रमण बारे भने- ‘हामी आईसीसी अध्यक्षलाई स्वागत गर्न तत्पर छौं र फलदायी बैठकले नेपालमा क्रिकेटको भविष्यलाई आकार दिने विश्वास लिएकोमा आशावादी छौं । यो भ्रमणले नेपालको क्रिकेट सम्भाव्यतालाई आईसीसीले मान्यता दिएको मात्र होइन, हाम्रो राष्ट्रमा क्रिकेटको विकासलाई अघि बढाउने अर्थपूर्ण छलफललाई बढावा दिने एउटा अनुपम अवसर पनि प्रदान गर्दछ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : १५ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा