२८ माघ २०८२, बुधबार | February 11, 2026

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने



जाजरकोट ।  गत शुक्रवार राती जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको  भूकम्पपछि स्वास्थ्य संकट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

गैरआवासीय नेपाली संघको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको संघको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके  स्वास्थ्य संकट चुलिन सक्नेतर्फ ध्यानाकर्षण गराएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले आयोजना गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका संघका अभियन्ताहरुले बोल्दै करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको  र महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि  चिसोको  समयमा खुल्ला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरुको स्वास्थ्य जोखिम बढ्ने देखिएको बताए ।

उनले भने, “पिउने पानीको समस्या छ । भूकम्पको कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ । घर–घरमा क्रियापुत्री छन् । एउटै घरमा विरामी छन् त्यही घरमा मान्छेहरु दुःखमा छन् ।  त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।” अध्यक्ष  डा. केसीले हाल त्यहाँ पुगेकोे राहतका सामग्रीहरु पर्याप्त नरहेको बताउँदै राहत सामग्री व्यवस्थित ढंगले पुर्याउनुपर्नेमा स्थानीय सरकार तथा दाताहरु समेतले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले अगाडि भने, ‘पीडितको  आवश्यकता धेरै छ तर राहत कम पुगेको छ ।’ उनले विदेशमा रहेका नेपालीहरुको सानो सहयोगले ठूलो राहत मिल्ले भन्दै सहयोगको लागि विश्वभर छरिएका नेपालीहरुलाई अपिलसमेत गरेका छन्।

संघका महासचिव गौरीराज जोशीले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी समस्याहरु आउन सक्ने भन्दै स्वास्थ्य समितिलाई कार्ययोजना बनाउन आग्रह गरेका छन् । उनले प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघले आफ्नो सक्रियता बढाईरहेको र आगामी दिनमा अल्पकालिन तथा दीर्घकालीन योजनासहित सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संघका उपाध्यक्ष राज रेग्मीले राहत वितरणमा स्थानीय निकायसँगको समन्वय आवश्यक रहेको बताएका छन्। उनले भूकम्पबाट घाइते भएकाहरुको औषधि उपचार पहिलो प्रथामिकता रहेको उल्लेख गरे  ।

कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधानले भूकम्प प्रभावित क्षेत्रका महिला स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका चिकित्सक भूपेन्द्र मल्लले भूकम्पका कारणले मानिसहरुको स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन समस्या आउन सक्ने खतरा रहेको बताए।

 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ४४ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा